२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध



अ+ अ-

एजेन्सी । अमेरिकाले शनिवार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ ।

भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ । धेरै देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् ।

अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । यद्यपि उनीहरूले लागुऔषध ओसारपसार विरुद्ध लड्ने लक्ष्य राखेको दाबी गरे पनि उनीहरूको मनसाय स्पष्ट छ । राष्ट्रपति ट्रम्प आफैंले भनेका छन्ः उनीहरू भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्न चाहन्छन् ।

अमेरिका र भेनेजुएला बीचको सम्बन्ध ह्युगो चाभेजको पालादेखि नै तनावपूर्ण रहँदै आएको छ । अमेरिकाले भेनेजुएलाको समाजवादी सरकारलाई अधिनायकवादी भन्दै कडा आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ भने भेनेजुएलाले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको र शासन परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै आएको छ ।

विशेष गरी तेल र खनिज स्रोतहरूमाथिको नियन्त्रणको विषय यो द्वन्द्वको मुख्य कारण मानिन्छ ।