२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका उपविजेता नेत्रहीन महिला क्रिकेट टोली नेपाललाई काठमाडौँ महानगरपालिकाबाट नगदसहित सम्मान



अ+ अ-

काठमाडौँ । फस्ट विमेन्स टीट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले आज नगदसहित सम्मान गरेको छ ।

क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले आयोजना गरेको वल्र्डकपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिएको थियो । वर्ल्डकप गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मान गर्नुभएको हो ।

खेलाडीहरुले जनही १ लाख रुपियाँ र व्यवस्थापकले जनही ५० हजार रुपियाँ प्राप्त गर्ने गरी प्रमुख शाहले, नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।

खेलाडीहरुको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी., समितिका सदस्यहरु, कार्यपालिका सदस्यसहित क्रिकेट टोली, प्रशिक्षक र व्यवस्थापक सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै सामाजिक समितिका संयोजक के. सी. ले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी प्रतिस्पर्धाका लागि आवश्यक पर्ने व्यवस्थापकीय सहयोग महानगरपालिकाले उपलब्ध गराउने बताउनुभयो । ‘क्रिकेट खेलमा जितका लागि खेलाडीहरुमा जत्तिकै दर्शकहरुमा पनि इमोसन हुन्छ । यसकारण खेलले खेलाडीसँगै दर्शकहरुलाई समान रुपमा बाँधेको हुन्छ । सबैलाई जोड्ने यो खेलको विकासका लागि हामी नियमित काम गर्नेछौँ ।’ के. सी. को भनाइ थियो ।

‘आज प्राप्त गरेको सम्मान सरकारका तर्फबाट पाएको पहिलो सम्मान हो । यसकारण यो सम्मानको मूल्य नगद वा जिन्सी वस्तुसँग तुलना हुँदैन ।’ टीम क्याप्टेन गीता पौडेलले भन्नुभयो, ‘हाम्रा लागि खेल अभ्यास गर्ने मैदानको खाँचो छ । काठमाडौँ महानगरपालिकाले हाम्रा लागि त्यो पूर्वाधार उपलब्ध गराउँछ भन्ने विश्वाश गरेका छौँ ।’ कार्यक्रममा टोली नेता पवन घिमिरेले भन्नुभयो, ‘खेलाडीहरुलाई बोलाएर गरिएको यो कार्यक्रम सम्मान मात्र होइन । खेलाडीहरुलाई प्रदान गरिएको पहिचान र हौसला पनि हो । यो अमूल्य छ । अबको हाम्रो अपेक्षा भनेको महानगरपालिकाले पारा स्पोर्टस एकेडेमी बनाउँछ भन्ने हो ।’
उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुन हुनुहुन्छ । टोलीमा सुस्मा तामाङ्, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल हुनुहुन्छ ।
खेलका प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के. सी. र टोली नेता पवन घिमिरे हुनुहुन्छ ।