१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले



अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ ।

पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छभने केही जिल्लाबाट एकभन्दा बढी आकाङ्क्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नामसमेत केन्द्रमा पठाएका छन् ।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली–झापा–५, उपाध्यक्ष विष्णु पौडेल–रुपन्देही–२, महासचिव शङ्कर पोखरेल–दाङ–२, उपमहासचिव लेखराज भट्ट–कैलाली–४, एमाले सचिव महेश बस्नेत– भक्तपुर–२ बाट सिफारिस भएका छन् ।

त्यस्तै, एमाले नेताहरू प्रदीप ज्ञवाली–गुल्मी–१, ईश्वर पोखरेल–काठमाडौँ–५, लीलानाथ श्रेष्ठ–सिरहा–३, अजय गुप्ता–रौतहट–१, हरि उप्रेती–सर्लाही–३, तिलक महत–नवलपुर–२, मिलन गुरुङ–गोरखा–२, बद्री मैनाली–नुवाकोट–१, सूर्य ढकाल–बाँके–१, दलबहादुर सुनार–बाँके–३, विश्राम चौधरी–कपिलवस्तु–१, सुहाङ नेम्वाङ–इलाम–२, लक्ष्मी महतो कोइरी–महोत्तरी–१ सिफारिस भएका छन् ।

साथै, प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेताहरूमा ध्रुव शाही–सुर्खेत–१, कलाधर देवकोटा–सुर्खेत–२, गुलाबजङ्ग शाह–सल्यान, मणिराम फुयाल–काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी–बैतडी,गणेश ठगुन्ना–दार्चुला रहेका छन् ।

सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।




भर्खरै