२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा निषेधाज्ञा आदेश जारी



अ+ अ-

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ ।

धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । मुस्लिम र हिन्दू समुदाय एक(अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको जारी सुचनमा उल्लेख गरिएको छ ।