२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको स्थान हद फुकुवा



अ+ अ-

काठमाडौँ । भाद्र २३ र २४ गते भएका घटनासँग सम्बन्धित जाँचबुझका लागि गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा गरेको छ।

आयोगको सचिवालयले जारी गरेको सूचनामा ओलीलाई विदेश भ्रमण गर्न तथा काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी लगाइएको पूर्व निर्णय हटाइएको जानकारी दिइएको हो।

यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते ओलीलाई आयोगको अनुमति बिना उपत्यका बाहिर तथा विदेश भ्रमणमा जान रोक लगाएको थियो।

आयोगका अनुसार घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय गरिएको हो।

यस निर्णयको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित व्यक्ति ओलीलाई पठाइएको आयोगले जनाएको छ।




भर्खरै