२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गराउने तयारी गरिरहेको छ । अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको विकास र लोकतन्त्र मजबुत बनाउने दिशामा यो भेटले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।