२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको कटाक्ष: यति ठूलो खाल्डो खन्नु भयो तपाईंहरूलाई नपुरी सुखै छैन !



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरू एकजुट भएर रास्वपामाथि आक्रमण जारी राखेको बताउनु भएको छ ।

रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँले पुराना दल र ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गर्दै निर्वाचन हुन नदिन कसैले षडयन्त्र पनि नगर्न आग्रह गर्नुभयो ।

आफूमाथि लागेको मुद्दालाई प्रतिशोध भन्दै उहाँले आफ्नो दलका नेता राजनीतिक रुपमा परिपक्क हुँदै गरेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नुभयो तपाईंहरूलाई नपुरी सुखै छैन ।’

उहाँले भन्नुभयो ‘म तपाईंहरू सबैलाई भन्छु- पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस् । पुराना दलका नेताले पनि हाम्रो दलको बारेमा चिन्ता नगर्नुस् पर्दैन । संसद्लाई तपाईंहरूले बजेट भाषणबाहेक हेर्न नमिल्ने बनाउनु भएको थियो । ‘युवा पुस्ताले आँखा झिमिक्क नगरी हेर्न मिल्ने बनाउने रास्वपा हो । गिरेको मनोबल र अर्थतन्त्रलाई हामी उकास्छौँ ।’

सभापति लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन सुरु गर्न समेत निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, आज देशभर र विदेशमा रहेका नेपालीहरुले जुन अन्दाज र उत्साह देखाउनुभएको छ, यो उत्साहलाई हेरेर यत्ति चाहीँ भन्न सक्छु–डा स्वर्णिम वाग्ले यहाँ हुनुहुन्छ, डा साहव आउने वर्षको बजेट लेख्न सुरु गर्नुस् ।’

लामिछानेले अहिले देश विदेशमा देखिएको दृश्य ट्रेलर मात्रै भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले जे देखिएको छ यसलाई ट्रेलर मात्र मान्नुस् । सिनेमा त हामी पनि देखाउँछौँ । सिनेमा त रास्वपाले पनि देखाउँछ, तर प्रतिशोधपूर्ण होइन । प्रतिशोधको श्रृखलालाई मैले बिर्सिसकेको छु । मेरा मुद्दाहरु बाँकी नै छ । मलाई त्यसको पर्वाह हिजो थिएन, आज पनि छैन । भैरहवाको कालकोठरीभित्र राख्दा पनि भ्रष्टाचारीको सात्तो लिने क्षमता चाँही मैले कहिले पनि घटाइन ।’

उहाँले पार्टीमा गुटउपगुट, यसको मान्छे, त्यसको मान्छे भन्ने समय नरहेको पनि बताउनुभयो ।