२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसमा विशेष महाधिवेशनको दबाबः पक्षधरहरूको घेराउ तथा विरोध



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रिय कार्यालय सानेपा घेराउ गरेका छन् ।

पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तिब्र छ । विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रिय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन् । विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रिय कार्यालय घेरेर नारा लगाएका थिए ।

पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ ।

काँग्रेसको यो आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ । पार्टी एकताका लागि छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन ।