१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ: सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले भन्नुभयो, “बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक होइन ।”

उहाँले चलचित्र प्रमाणीकरणलाई धेरै हाउगुजी तरिकाले लिनु नपर्ने बताउँदै चलचित्र विकास बोर्डको कर्तव्यलाई नै प्राथमिकतामा राख्नुपर्ने धारणा प्रष्ट पार्नुभयो । यद्यपी बोर्डको कार्य शैलीलाई भने व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ जरुरी रहेको बताउनुभयो ।

समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल जारी भइरहेको र यसलाई जति सक्दो छिटो टुङ्गोमा पुर्याउने क्रममा समिति सक्रिय रहेको जानकारी दिनुभयो ।