२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो आजै लगाउने



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

राष्ट्रिय सभामा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।

आज रातिअबेरसम्म बसेर भएपनि सो निर्वाचनको उम्मेदवारहरुको टुंगो लगाउने गरी केहीबेरका लागि बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ । राति अवेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ ।’
नेपाली काँग्रेस एमालेलगायतका दलहरुसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ ।