२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार सिफारिस माओवादी नेता जसपा नेपालमा प्रवेश



अ+ अ-

राजविराज । प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्वसिचाई मन्त्री उमेश कुमार यादव पार्टी परित्याग गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी ५५ वर्षिय यादव मंगलबार सो पार्टी परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

केन्द्रिय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रमबीच उनलाई अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् । उक्त अवसरमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत तथा महिला नेतृ रेणु यादव लगायतको उपस्थिति रहेको थियो ।

सात दिन अघि मात्र नेपाली कम्युनिष्ट पार्टी सप्तरीले उनको नाम पहिलो नम्बरमा राखी प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीको क्षेत्र नं। २ बाट उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । यस्तै सप्तरीकै क्षेत्र नं। ३ बाट पनि उनको नाम चौथो नम्बरमा राखी उम्मेदवारको रुपमा सिफारिस गरिएको थियो ।

माओवादी नेता मातृका यादव र विश्वनाथ साहको हैकम प्रवृती तथा पार्टी भित्र उनीहरुले चलाएको अलोकतान्त्रिक गतिविधीका कारण पार्टी छोड्न आफू बाध्य भएको उनले बताएका छन् ।

उनले अब नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्ने र मुलुकको हित जसपा नेपालबाट मात्र सम्भव भएको प्रतिक्रिया दिएका छन् । उनी २०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट सप्तरीबाट संविधानसभा सदस्यमा निर्वाचित भई प्रचण्ड नेतृत्वको सरकारमा सिंचाई मन्त्री समेत भएका थिए । उनी जनयुद्धका बेला सप्तरीमा जनसरकार प्रमुखको रुपमा समेत जिम्मेवारी बहन गरेका थिए । राजधानी दैनिक