२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिन्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्षले आसन्न राष्ट्रियसभाको निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिइरहेको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने कामले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भईरहेको बताउनुभएको हो ।

उहाँले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर मुलुकमा डेमोक्रेसीको मजाक गरिएको जिकिर गर्दै त्यसको पुनस्र्थापना हुनैपर्ने अडान समेत दोहो¥याउनु भयो । मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुको विकल्प नरहेको ओलीको भनाई थियो । उहाँले संविधान मिच्न, कुल्चिन नदिन आफूहरुले प्रतिनिधि पुनस्थापनाको माग गर्नुपरेको समेत बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘आज राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन भईराखेका छन् । अब यो सिद्धियो पनि । यो नियमित प्रक्रिया हो । डेमोक्रेटिक अभ्यास हो । अलिकति डेमोक्रेसी छ, अझै पनि चुनावको कुरा हुँदैछ भन्ने कुरा यसले देखाउँछ । राष्ट्रिय सभा अझै पनि छ । तर प्रतिनिधिसभा भंग गरिएको छ । प्रतिनिधि सभा भंग गरियो, संसद भवन आगो लगाइयो । निर्वाचित सरकार भंग गरियो । र, एउटा अनाधिकृत असंवैधानिक सरकार जडान गरियो त्यहाँ । यो भन्दा डेमोक्रेसीको मजाक के हुन्छ ? त्यस्तो असंवैधानिक सरकारको अनाधिकृत सिफारिसमा सार्वभौम जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा भंग गरियो । यसो भनिरहँदा कसै प्रतिको वैयक्तिक रिसराग होइन । यो लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता हो । संविधानप्रतिको हाम्रो प्रतिवद्धता हो । संविधान संशोधन गर्न सकिन्छ । मिच्न, कुल्चिन पाईदैन । संशोधन गरेर अगाडि जान सकिन्छ । तर मिच्न, कुल्चिन पाईदैन । यहाँ संविधान मिचिएको छ, कुल्चिएको छ । त्यसकारण हामी भनिरहेका छौ–देशलाई संवैधानिक मार्गमा फर्काउनै पर्दछ । प्रतिनिधिसभाको पुनस्र्थापना हुनैपर्दछ ।’

अध्यक्ष ओलीले मुलुकमा अब अपराधिक गतिविधि हुन नदिन आफ्नो पार्टीले पिपुल भोलेन्टियर्स टोली टोलटोलमा परिचालन गर्ने निर्णय लिएको समेत बताउनु भयो ।