२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई छैनः कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नहुने स्पष्ट पारेको छ। पार्टीको विधानअनुसार यस्तो अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको कांग्रेसले जनाएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीले यसप्रति आपत्ति जनाएको हो। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयअनुसार अधिवेशन तथा महाधिवेशनको कार्यतालिका तयार भई प्रक्रिया अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशनको मागको औचित्य समाप्त भइसकेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अधिवेशनरमहाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको समयमा विभिन्न सञ्चार माध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’

पार्टीले विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि विधानविपरीत हुने स्पष्ट गर्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आग्रह गरेको छ। विज्ञप्तिमा पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरूलाई व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन हार्दिक अपिल गरिएको छ।

नेपाली कांग्रेसले पार्टी विधान र संस्थागत निर्णयको सम्मान गर्दै अघि बढ्न सबैलाई सचेत गराएको छ।