२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय अभिभावक सङ्घको २४औँ स्थापना दिवसका अवसरमा आज साउथवेस्र्टन कलेज वसुन्धरामा आयोजित कार्यक्रममा उहाँले अहिलेको युग सुहाउँदो शिक्षा मुलुकका लागि आवश्यक भएको भन्दै राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

मुलुकको हित हुने शिक्षा जरुरी रहेको र शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्नुपर्नेमा उहाँको थियो ।

नेपाली कम्युनिष्ट पार्टी नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले देश जलाउनेलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउने अपराधीहरू भएको बताउनुभयो ।

नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले मुलुकको शिक्षालाई गुणस्तरीय बनाउनका लागि अभिभावक सङ्घले सरकारको ध्यानाकर्षण गर्दै आइरहेको बताउनुभयो । उहाँले देशभरका ८० लाख अभिभावक चाहना प्रविधिमूलक शिक्षामा जोड दिनुपर्छ भन्ने रहेको उल्लेख गर्नुभयो ।

सङ्घका उपमहासचिव हरिभक्त महर्जनले सुलभ, सस्तो र निःशुल्क शिक्षा मुलुकको आवश्यकता रहेको बताउनुभयो । उहाँले उत्पादनमूलक र रोजगारमूलक शिक्षामा राज्यले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । रासस