२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि तथा पशुपन्छी विकासमन्त्री परियारसँग इजरायली राजदूतको शिष्टाचार भेट



फाइल फोटो
अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासले आजसाँझ शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्री परियारको कार्यकक्षमा भएको सो भेटवार्तामा उहाँहरूबीच दुईपक्षीयहित तथा कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पु¥याउन सकिने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव हरिबहादुर केसीले जानकारी दिनुभयो ।

मन्त्री परियारले दुई देशबीचको ऐतिहासिक तथा मैत्री सम्बन्ध रहेकाले यसलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्ने, कृषिमा उद्यमशीलता विकास गर्न ब्याज अनुदान दिएर युवालाई कृषि पेसामा आकर्षित गर्ने योजनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

राजदूत बासले इजरायलमा कार्यरत नेपालीले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा योगदान पु¥याएको बताउँदै नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्नुभयो । रासस