काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।
गएराति भएको खेलमा सिटीले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ४१ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै घरेलु टोलि सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यता, ६० औं मिनेटमा काओरु मितोमाले गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबैले १–१ अंकमै चित्त बुझाए ।
बराबरीसँगै सिटी २१ खेलबाट ४३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ४८ अंक छ । आर्सनलले आजै मध्यराति लिभरपुलसँग खेल्दैछ । ब्राइटन २९ अंकका साथ ११ औं स्थानमा छ ।











