२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट घटकलाई आफ्नो पार्टीमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको समृद्धिका निम्ति जनताको चाहनाबमोजिम सम्पूर्ण कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न अहिलेको आवश्यकता भनेको कम्युनिष्टबीच बृहत् राष्ट्रिय एकता हो, हामी एक हुँदा जेनजी पुस्ताको आकाङ्क्षा पूरा गर्न सकिन्छ ।”

संयोजक दाहालले जेनजी युवाले आफ्ना विचार र भावना राख्नसक्ने पार्टी नेकपा मात्रै भएको उल्लेख गर्दै राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो पार्टीमा आएको बताउनुभयो ।

नेपाल दलित मुक्तिमोर्चाका प्रतिनिधिसँग आज भएको भेटमा दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकारका निम्ति आफ्नो पार्टीले लामो समयदेखि सङ्घर्ष गर्दै आएको प्रष्ट पार्नुभयो । रासस