१६ असार २०८३, मंगलवार
,
Latest
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु



अ+ अ-

गोरखा। गोरखामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आज बिहान ११ बजेतिर श्रीमान्को कुटपिटबाट घाइते भएकी अनुस्कालाई उपचारका लागि आँपपीपल अस्पताल पठाइएको तर अस्पतालले दिउँसो १ः४० बजे मृत्यु भइसकेको घोषणा गरेको प्रहरी निरीक्षक राजन लम्सालले बताउनुभयो ।

“शङ्कर सुनारको कुटाइबाट बिहान ११ः३० श्रीमती अचेत अवस्थामा रहेको भन्ने सूचना हामीलाई १२ः२० बजे प्राप्त भयो”, उहाँले भन्नुभयो, “खबर पाउनासाथ घटनास्थल पुगी घाइतेलाई अस्पताल पु¥याउँदा अस्पतालले मृत्यु भइसकेको घोषणा ग¥यो ।” प्रहरीले शवको मुचुल्का गरी शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उहाँले बताउनुभयो ।

कुटपिट गर्ने शङ्कर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिनुभयो । रासस