२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्थापन पक्षधर काँग्रेस नेता भन्छन्ः काँग्रेस फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले काँग्रेस एकतावद्ध भएर निर्वाचनमा जाने बताएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान विशेष महाधिवेशनको समयताका काठमाडौंमा भेला भएका संस्थापन पक्षधर नेताहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले निर्वाचनको कार्यतालिका आइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए । नेपाली काँग्रेसका नेता शिव हुमागाईंले आम निर्वाचनको समय आइसकेकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै बुद्धिमानी हुने बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्न आफूहरु लागिपरेको र शनिवारसम्म निकास निस्किने दाबी गर्नुभयो ।

उहाँले प्रक्रियागत रुपमा सबैसँग छलफल गरेर नयाँ रणनीतिका साथ काँग्रेस अघि बढ्ने बताउनु भयो । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाप्रति आफूहरुको कुनै भनाइ नरहेको तर महामन्त्री पदलाई सबैलाई विश्वासका साथ अघि बढ्ने भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । नेपाली राजनीतिमा कुनैपनि निर्णय राति अन्तिम क्षणमा टुंगिने गरेको भन्दै निर्वाचनको मुखमा नेपाली काँग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनको सेड्युल अघि बढिसकेको छ । आम निर्वाचनको समय आइसकेको छ । यस्तो बेलामा नेपाली काँग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्ने भनेर हामी उपलब्ध मन मिल्नेले पार्टीलाई विभाजनको संघारमा पु¥याउनु हुँदैन । एकतावद्ध बनाउनुपर्छ भनेर लागेका छौँ । सबैलाई एक ढिक्का बनाएर लैजाने नयाँ उपायबारे छलफल गर्दैछौँ । निर्वाचनको मुखमा नेपाली काँग्रेसलाई एकढिक्का बनाएर अघि लैजाने काममा हामी लाग्छौँ । निर्वाचनको सेड्युल अघि आइसक्यो, यो बीचमा महाधिवेशन, विशेष महाधिवेशन हुने र फाइदा पु¥याउने अवस्था छैन । नेपाली राजनीतिमा कुनैपनि निर्णय राति अन्तिम क्षणमा टुंगिन्छ । नेपाली काँग्रेस पार्टी अहिलेको क्षणमा कुनैपनि हालतमा फुटको संघारमा जाँदैन । एकतावद्ध भएर चुनाव फेस गर्दछ ।’

अर्को नेता मदनकृष्ण श्रेष्ठले विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरुले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गरेकाले सोहीअनुसार निर्णय गरिएको बताउनु भयो । उहाँले निर्वाचन अगाडि महाधिवेशन गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको बताउनु भयो । नेपाली काँग्रेस कुनैपनि हालतमा नफुट्ने र एकतावद्ध भएर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली काँग्रेसको पक्षमा छौँ । विशेष र नियमित महाधिवेशनको पक्षमा बहस चलिरहेको छ । विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरुले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गर्नुभएको छ । नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको माग गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यसम्पादनका बैठकमा धेरै कुरा भएका छन् । चुनाव अघि महाधिवेशन सम्भव नरहेकाले चुनाव पछि गर्नुपर्छ भन्ने माग धेरै सदस्यहरुको छ । ’

नेताहरुले नेपाली काँग्रेसको विधानमा एक वर्ष समय थप गर्न पाइने व्यवस्था रहेकाले वैशाखमा नियमित महाधिवेशन गर्नुलाई अवैधानिक भन्न नमिल्ने तर्क गरे । छिटो महाधिवेशन गर्न क्रियाशिल सदस्यताको काम सम्पन्न गरेको भए पुसभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था रहेको बताए ।