१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनामा दुई जनाको मृत्यु



अ+ अ-

काँक्रेविहार । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस