२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको आर्थिक स्थितिः चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ भने विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा बढेको छ । अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व सङ्कलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ ।

प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ६३ प्रतिशत रहेको छ । त्यस्तै यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब एक अर्ब ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चितिले १८ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर स्थिति रु चार खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ ।

पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा २९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको कूल विप्रेषण आप्रवाह रू आठ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ भने मङ्सिर महिनामा मात्र रु एक खर्ब ८३ अर्ब १८ करोड विप्रेषण भित्रिएको छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८ दशमलव दुई प्रतिशतले र आयात १५ दशमलव ८ प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपाल सरकारको खर्च रु पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन रु चार खर्ब छ अर्ब ३० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय तीन दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको हो ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव नौ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर छ दशमलव छ प्रतिशत रहेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैंक दर दुई दशमलव ७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर सात दशमलव २६ प्रतिशत रहेको छ ।




भर्खरै