१६ असार २०८३, मंगलवार
,
Latest
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति पलायनको अवस्था परिवर्तन हुनुपर्छ : प्रदेश प्रमुख भट्ट



डिल्लीराज भट्ट / फाइल फोटो
अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले देशबाट दक्ष जनशक्ति पलायन भइरहेको अवस्थामा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ ।

सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराद्वारा आज आयोजित ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रमको उद्घाटनमा उहाँले दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउनुभयो ।

जनशक्ति पलायनको अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार प्राविधिक शिक्षाको प्रभावकारी विकास नै भएको बताउँदै उहाँले हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यावहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

“विज्ञान तथा प्रविधिअन्तर्गतको इन्जिनियरिङ शिक्षाको महत्त्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरूको माग संसारमा बढिरहँदा हामीले प्राविधिक शिक्षालाई विश्वबजारमा प्रतिस्पर्धा गर्ने किसिमले स्तरवृद्धि गर्न आवश्यक पनि छ”, उहाँले भन्नुभयो ।

हरेक युवाले आफ्नो राष्ट्रप्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्ने उहाँको भनाइ छ । देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डोहोर्याउने युवा वर्गले नै भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले युवाहरू जागृत हुन अपरिहार्य भएको बताउनुभयो ।

उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि राज्यले उचित नीति र कार्यक्रम अवलम्बन गरी रोजगारी तथा अवसरको सृजना गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

‘पछ्याणः संस्कृतिसँग, पहिचानसँग’ मूलमन्त्रका साथ नेपालका इन्जिनियरिङ कलेजहरु र प्रविधि क्षेत्रमा उत्साही युवा विद्यार्थीलाई सहभागी गराई झन्डै दुई सातासम्म विविध कार्यक्रम गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

सुदूरपश्चिमबाट अध्ययनका लागि पोखरा आएका विद्यार्थीहरू सङ्गठित भएर सन् १९९७ मा यो समाज स्थापना गरेको कार्यक्रममा जानकारी गराइयो । रासस