२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्तालाई ओलीको निर्देशनः ‘निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनूस्’



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

एमालेको शनिवार आयोजित केन्द्रिय कमिटीको बैठकमा उहाँले निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने बताउनु भयो । नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्नुहुँदै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउनु भयो । उहाँले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन । अहिले पनि राजनीतिक दलका नेताहरुमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयासको परित्याग गर्ने अवस्था बनिसकेको छैन । निर्वाचनको वातावरण बनेको छैन । हामीले सर्वदलिय रुपमा पनि कुराहरु अभिव्यक्ति गरेका छौँ र सरकारका प्रतिनितिहरुको बातचितमा पनि हामीले यी कुराहरु उठाइरहेका छौँ । तर अझै पनि निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनेको छैन । पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा त जानैपर्छ । त्यसको लागि पार्टी हमेशा तयार छ । केन्द्रिय समितिको यो बैठक सिंगो पार्टी पंक्तिलाई निर्वाचनको लागी महेशा तम्तयार रहन र यसको लागी आवश्यक तयारी गर्न आह्वान गर्छ । सबै साथीहरुले ध्यान दिनुपर्छ । निर्वाचन हुन त हुन्छ, कतिवेला हुन्छ ? जतिबेला भएपनि हामी निर्वाचनमा सहभागी हुनैपर्छ । फागून २१ मा नै हुन पनि सक्छ । एउटा कुरामा हामीले भनेका छौँ र फेरि भन्छौँ । चरण चरणमा विभिन्न चरणमा गर्ने फागुन २१ मा शुरु गरेर भन्ने अनेक प्रकारका खेलहरु स्वीकार्य छैन । एकै चरणमा निर्वाचन हुनुपर्छ । जे गर्ने हो, न्युनतम राजनीतिक सहमतिको साथ निर्णय गर्नुपर्छ । अराजकता, स्वेच्छाधरी ढंगले निर्णयहरु हुनसक्छन्, यसमा

हामी चनाखो हुनुपर्छ । हामीले सरकारलाई पनि सचेत गराएका छौँ, जतिबेला भए पनि हामी निर्वाचनको लागि तयारी अवस्थामा छौँ ।’ 
उहाँले समानुपातिक निर्वाचनको लागी पार्टी सर्वसहमतिले बन्दसूचिमा नाम सिफारिस गरेको जानकारी दिनुभयो । प्रत्यक्ष निर्वाचनको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटिमा केही विवाद देखिएको उल्लेख गर्नुहुँदै उहाँले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गर्नुभयो ।