२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न एउटा मात्रै समितिले पुग्दैनः मन्त्री इङ्नाम



अ+ अ-

काठमाडौँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले काम गर्न नसकेको बताउनुभएको छ ।

मन्त्रालयमा सहकारीपिडितहरुसँग शनिवार भएको छलफलका क्रममा उहाँले वर्तमान समितिले मात्रै सहकारी समस्या समाधान गर्न नसक्ने बताउनुभएको हो । उहाँले २३ वटा सहकारीमा ४५ अर्ब रुपैयाँ भन्दा बढी व्यवस्थापन गर्नपर्ने बताउनु भयो । यति ठूलो रकमको व्यवस्थापन गर्नको लागि ७ जनाको समितिले तत्काल काम गर्न नसक्ने उहाँको भनाई छ । उहाँले समस्या समाधान गर्नको लागि समितिमा थप सदस्य थप्नुपर्ने अथवा समिति नै अन्य ४/५ वटा बनाउनुपर्ने बताउनु भयो । दक्ष जनशक्ति थप गरेमा पनि केही काम छिटो हुने उहाँको भनाई छ । अनुभवको कमी, धेरै अधिकार लगायतका कारण समिति सहकारी पीडितको भावनाअनुसार काम गर्न अलमलमा परेको हुनसक्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार समितिलाई बयान लिने, सम्पती जफल गर्ने, मूल्याङ्कन गर्ने लगायतका सम्पूर्ण अधिकार दिइएको छ । सहकारीबाट सम्पूर्ण डाटा ल्याएर मुल्याङ्कन गर्ने दक्षता नभएर समस्या भएको हो की ? भन्ने प्रश्न समेत उहाँले उठाउनु भयो । उहाँले हालसम्म समितिले ४ अर्ब १२ करोड रुपैयाँ व्यवस्थापन गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार २० वटा सहकारीका ७४ हजार ३ सय ७  पिडित बचतकर्ताको रकम व्यवस्थापन गर्न बाँकी छ ।

उहाँले भन्नुभयो, ‘यो समस्याग्रस्त जुन संख्यामा देखियो, अहिले २३ वटामा ४५ अर्ब बढीको दायित्व देखिन्छ । ४५ अरबमा ३/४ अरबको दायित्व सेटल भएको देखियो । अहिले ४ अर्ब १२ करोड रुपैयाँको सेटल भयो । यो समिति ३ अर्ब २९ करोडको सेटलमेन्ट गरेको छ । बाँकी यो भन्दा अगाडीको समितिले गरेको देखिन्छ । अहिले पनि थुप्रै सेटलमेन्टहरु बाँकी छ । अझै २० वटा समस्याग्रस्त सहकारीका थुप्रै संख्यामा रहेका पीडितहरु छन् । झण्डै ७४ हजार ३०७  पीडित वचतकर्ता अझै पनि हुनुहुन्छ । यो ठूलो एमाउन्टको रकम व्यवस्थापन गर्नको लागि ७ जनाको समितिले अलि लामोसमय लाग्ने खालको देखिन्छ । अहिले मैले देखेको यो एउटा मात्रै समितिले यो समाधान छिटो गर्न सक्दैन । यो चाँही ४÷५ वटा समिति भइदियो भने कर्मचारीको संख्या पनि थपेर गरेमा अलि छिटो हुने देखिन्छ । एउटा संख्या कम भएर, दोस्रो यो समितिले जुन स्प्रिडमा पिडितहरुको भावना छ, त्यो भावनाअनुरका काम गर्न सक्नुभएन । तेस्रो, यो नयाँ प्रयोग पनि भयो, समितिलाई सबै अधिकार दिईयो, सबै अधिकार दिएपछि उहाँहरु केही हदसम्म अलमलिएको हो की जस्तो देखियो । किनभने बयान बकपत्र गनै पनि दिएकै छ, सम्पती जफत गर्न पनि दिएकै छ । मूल्याङ्कन गर्न पनि दिएकै छ, बैंकहरु हेर्न पनि दिएकै छ । मान्छेहरुको सम्पूर्ण डिटेल लिनुप¥यो, सहकारीबाट सम्पूर्ण डाटा ल्याएर एनालाईसिस गर्नुप¥यो । यौ सबै गर्दाखेरि त्यस किसिमको दक्षता नभएको हो की ? सरकारले त्यस किसिमको दक्षतापूर्ण जनशक्ति त्यहाँ उपलब्ध नगराएको हो की ? सरकारले पनि यस किसिमको काम यहाँभन्दा अगाडी गरेको थिएन । यो सबै नभएको कारणले पनि समस्या नभएको होला ।’ 

उहाँले सहकारीबाट जनताको रकम अपचलन गर्नेहरुलाई कारबाहीको दायरमा ल्याएर छाड्ने बताउनु भयो । सहकारीको रकम अपचलन गर्नेहरु राज्यको नोटिसमा रहेको उहाँको भनाई छ । उहाँले ठगहरुलाई कारबाही गर्न नसके पदमा नबस्ने पनि दाबी गर्नुभयो । सहकारीको रकम अपचलन गर्नेहरुको संख्या करिव एक हजार हाराहारीमा रहेको उल्लेख गर्नुहुदै उहाँले तिनीहरुलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याउन सके सहकारी समस्या हल हुने बताउनु भयो ।