२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक: पूर्व राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु नै सभ्य समाजको पहिचान भएको बताउनु भएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को शुभकामना सन्देशमा पूर्व राष्ट्रपति भण्डारीले हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनुपर्ने बताउनु भएको छ ।

शुभकामना सन्देशमा उहाँले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवम् सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक भएको जनाउनु भएको छ ।

शुभकामना सन्देशमा भनिएको छ- नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश-विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका स-साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको गौरवपूर्ण अध्याय हो । नागरिकहरूको समेत सल्लाह तथा सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व एवम् हाम्रा वीर पुर्खाको त्याग र बलिदानका कारण नै नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्य हामीले आत्मसात गर्नुपर्दछ ।

ऐतिहासिक एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका छौं । हामीले हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनुपर्दछ । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु नै सभ्य समाजको पहिचान हो ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवम् सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छन् ।

अन्त्यमा, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाओस्, साथै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।