१६ असार २०८३, मंगलवार
,
Latest
नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्त्वपूर्ण छ- विमलेन्द्र निधि



फाइल फोटो
अ+ अ-

जनकपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको जति चर्चा गरे पनि अपुरो हुने बताउनुभएको छ ।

पाठकको ३८औँ स्मृति दिवसका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–८ मा आयोजित कार्यक्रममा उहाँले पाठकले लोकतन्त्र, न्याय र अधिकारका लागि पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वव रामसरोज यादव, कुमरकान्त झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, वडा नं १३ का अध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नेता रामप्रसाद पजियारलगायतले पाठकको योगदानबारे आफ्नो विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा कार्यक्रमस्थलमा रहेको स्व पाठकको शालिकमा माल्यार्पण गरिएको थियो । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने क्रममा भएको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको वक्ताहरूको भनाइ थियो । रासस