१६ असार २०८३, मंगलवार
,
Latest
नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन



अ+ अ-

सप्तरी। पूर्वसांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उहाँको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पचासी वर्षको उमेरमा चौधरीको निधन भएको राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । चौधरी २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित उहाँ ऊर्जा, सिँचाइ र जलस्रोत राज्यमन्त्रीसमेत बन्नुभएको थियो । पछिल्लो पटक राष्ट्रिय मुक्ति पार्टीमा उहाँ कार्यकारिणी समितिमा हुनुहुन्थ्यो । चौधरीका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।