२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीद्वय गगन र विश्वप्रकाशको आह्वान हुन लागेको विशेष महाधिवेशन आजबाट सुरु हुदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वान हुन लागेको विशेष महाधिवेशन आजबाट सुरु हुदैछ ।

विशेष महाधिवेशन तयारी सम्पन्न भएको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ । भृकुटीमण्डपको खुला चौरमा उद्घाटनसत्र हुने छ ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुहुने तय भएको जनाईएको छ ।

विहान ११ बजे काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निस्कने र सो र्‍याली विशेष महाधिवेशनको स्थलमा आईपुगेपछि दिउँसो १ बजे हुने उद्घाटन हुने कार्यक्रम रहेको छ ।

अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन्। विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेका छन् ।

विशेष महाधिवेशनको माग गरी असोज २९ गते पार्टी कार्यालय सानेपामा दर्ता गर्दा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर थिए।