२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो



अ+ अ-

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु दुई लाख ६७ हजार ८००मा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला रु दुई लाख ७० हजार ६००पुगेको छ । यस अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ८००ले वृद्धि भएको हो ।

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला रु चार हजार ७८० मा कारोबार भएको एक तोला चाँदीको मोल आज बढेर रु चार हजार ९९० कायम भएको छ । दुई दिनमा चाँदी प्रतितोला रु २ १० ले महँगिएको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५२४ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।