काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले र्याली सहित सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेको छ।
आइतबार ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु जुलुससहित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका हुन् ।
यस अवसरमा राप्रपाले चियापान समारोह समेत आयोजना गरेको छ । जसमा प्रधानमन्त्री, विभिन्न दलका नेता तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।













