२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु



अ+ अ-

काठमाडौं। हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ, जसमा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि छन् ।

एकेडेमीको काठमाडौ महानगर ११ स्थित थापाथालीमा रहेको चेस हलमा आयोजित प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका अभिक शाहले अनरेटेड सूर्यप्रताप सिंह कार्कीलाई पराजित गर्दै १ अंक जोडे । सजल न्यौपाने, हार्दिक पन्त, लियोन महर्जन, अनमोल राई, निहाना श्रेष्ठ, शुभांग प्रधान, अरिज राई, आशिर्वाद थापा, अभिक रेग्मी, प्रवीर केसी, विराज सरिया, सात्विकमान तुलाधर, उजिभानी कँडेल र रोहित श्रेष्ठले पनि जित हात पारे ।

एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको हो । स्वीस प्रणालीको आधारमा नौ चरणको प्रतियोगिता नौ दिन चल्नेछ, जसमा प्रत्येक खेलमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ ।

हिमालयन च्यालेन्जर्समा २४ पुरुष र ६ महिला खेलाडी सहभागि छन् । खेलाडीको औसत उमेर १३ वर्ष रहेको छ । रेटेड खेलाडी १४ जना छन् भने अनरेटेडको संख्या १६ रहेको छ । औसत फिडे रेटिङ १४६८ रहेको छ । १९१८ रेटेड अभिक शीर्ष वरीयताका खेलाडी हुन् ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरोन्नतिका लागि क्लासिकल चेस उपयुक्त मानिन्छ । त्यसैले दुर्लभ हुँदै गएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । दैनिक एक राउन्डको खेल हुनेछ । पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीबाट प्रत्येक राउन्डको समाप्तिपछि खेलको विश्लेषण गर्ने व्यवस्था गरिएको छ ।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ ।

भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।