२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले आफैंलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे



अ+ अ-

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो फोटो पोस्ट गर्दै भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

ट्रम्पले सेयर गरेको आफ्नै तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।

अमेरिकाले जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका लगेको थियो । मादुरो विरुद्ध हतियार र लागुऔषध तस्करीको आरोपमा मुद्दा चलाइँदै छ।

यसअघि भेनेजुएलाको उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।