२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विशेष महाधिवेशन: महाधिवेशन सञ्चालन कार्यविधि पारित-पूर्णपाठ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले विशेष महाधिवेशन सञ्चालन कार्यविधि पारित गरेको छ।

पारित कार्यविधिमा महाधिवेशनमा पेश हुने प्रस्ताव, प्रस्ताव पारित गर्ने प्रक्रिया, गणपुरक संख्या, केन्द्रीय निर्वाचन समिति र बाधा अडकाउ फकाउने लगायतका व्यवस्था गरिएको छ।

कार्यविधिको प्रस्तावनामा भनिएको छ ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाईएको बिशेष केन्द्रीय महाविधेशनले आफ्नो काम कारवाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, विधानको धारा ५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रे विशेष महाधिवेशन कार्यविधि २०८२ बनाई लागु गरिएको छ ।

बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो । अब यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने आयोजक समितिले जनाएको छ ।

कार्यविधिको पूर्णपाठ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/01/कार्यविधि.pdf”]