२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नसर्ने रोगको उपचारमा अर्बौं खर्च, रोकथाम ओझेलमाः स्वास्थ्यमन्त्री गौतम



अ+ अ-

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगको उपचार र यससँग सम्बन्धित समस्यामा खर्च भइरहेको बताउनुभएको छ ।

एनसिडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले अधिकांश नसर्ने रोगहरू रोकथाम गर्न सकिने भएपनि उपचारमा मात्र केन्द्रित हुँदा राज्यमाथि ठूलो आर्थिक भार थपिएको बताउनुभएको हो ।

मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको वित्तीय खाडलका बारेमा समेत टिप्पणी गर्नुभयो । सरकारले बीमाका लागि १० अर्ब र थप १ अर्ब गरी जम्मा ११ अर्ब रुपैयाँ बजेट छुट्याएकोमा हालसम्मको खर्च २४ अर्ब रुपैयाँ पुगिसकेको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने आधारभुत स्वास्थ्य सेवाका लागि समेत बीमाको रकम खर्च भइरहेको र जनताले निःशुल्क पाउनुपर्ने औषधिमा प्रिमियम तिरिरहेको अवस्थाले गर्दा सरकारमाथि दोहोरो आर्थिक भार परेको उहाँको तर्क छ । अर्थ मन्त्रालयले यति ठूलो मात्रामा भुक्तानी गर्न नसक्ने स्थितिमा रहेकाले यसको पुनरावलोकन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

शहरी स्वास्थ्य सेवाका चुनौतीहरू औँल्याउँदै मन्त्री गौतमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारहरू विस्तार भएपनि शहरी क्षेत्रका विपन्न वर्गका लागि आधारभुत स्वास्थ्य सेवा अझै पहुँचभन्दा बाहिर रहेको बताइन् । स्वास्थ्यकर्मीको वितरणमा देखिएको असमानता हटाउन मन्त्रालयले तथ्याङ्कका आधारमा न्यायोचित सरुवा र पदस्थापन गर्ने तयारी गरिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री गौतमले नेपालमा धुम्रपान नियन्त्रण र नसर्ने रोग व्यवस्थापनका लागि उत्कृष्ट नीति र कानुनहरू भएपनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जनशक्ति सुगम क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृतिले सेवा प्रवाहमा समस्या आएको बताउँदै उनले अब इक्विटी (न्याय) का आधारमा स्वास्थ्यकर्मीहरूको परिचालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सहभागी गराई सेवा प्रवाहमा हुने खर्च घटाउने र प्रभावकारिता बढाउने विषयमा छलफल गरिएको थियो ।