१६ असार २०८३, मंगलवार
,
Latest
इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन



अ+ अ-

महेन्द्रनगर । पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिनुभयो ।

प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार ९४ जना, कञ्चनपुरमा ८३४ तथा सबैसभन्दा कम डोटीमा १९० जनाले आवेदन दिएका छन् । आगामी माघ १ गतेसम्मका लागि आह्वान गरिएको निवेदन दर्ता आज पनि सुदूरपश्चिमभरिका जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका गण तथा गुल्ममा जारी छ । निर्वाचन प्रहरीमा भूतपूर्व सुरक्षाकर्मी, युवा, महिलाको सहभागिता बढिरहेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

“आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयारीमा प्रदेश प्रहरी कार्यालय जुटेको छ । प्रदेशस्तरीय कमाण्ड पोष्ट पनि स्थापनामा तयारी छ”, प्रहरी उपरीक्षक मिश्रले भन्नुभयो, “भयरहित वातावरणमा आसन्न निर्वाचन गराउन सुरक्षा संयन्त्रले आवश्यक गृहकार्य गरिरहेका छन् ।”

प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएका मतदातासमेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका जनाएको छ । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ वटा निर्वाचन क्षेत्र छन् । रासस




भर्खरै