२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि बालेनको तीन वर्षे कार्यकाल असफलतामै बित्योः महेश बस्नेत



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकाल र पछिल्लो राजनीतिक अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेका छन्।

ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि धेरै वाचा अधुरा रहँदा बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बितेको उनको धारणा छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले बालेन साह निर्माणभन्दा ध्वंसमा केन्द्रित छविका रूपमा स्थापित भएको उल्लेख गरेका छन् । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री बन्ने दाबी गर्नु राजनीतिक हतारो भएको उनको भनाइ छ ।

बस्नेतका अनुसार सुशासन र विकास लोकप्रियता वा भाइरलताबाट होइन, ठोस परिणामबाट मापन हुन्छ । ‘निर्माणभन्दा ध्वंसमा केन्द्रित छवि बिच आज प्रधानमन्त्रीको दाबी गर्नु राजनीतिक हतारो हो, सुशासन र विकास लोकप्रियताले होइन, परिणामले मापन हुन्छ, त्यसैले उनको राष्ट्रिय सत्ता दाबीले एउटा प्रश्न उठाउँछ, राजनीतिमा भाइरल हुन होइन, परिणाम दिन सक्नुपर्छ’, उनले लेखेका छन् ।

बालेन साहको राष्ट्रिय सत्ता दाबीले गम्भीर प्रश्न उठाएको उनको टिप्पणी छ ।




भर्खरै