२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी नहुन्जेलसम्म आगामी माघ २८ गते हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश दिएको हो।

अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्न माघ ६ गते पेशी तोकेको छ । सो अवधिसम्मका लागि उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचनसँग सम्बन्धित कुनै पनि काम नगर्न–नगराउन विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको अदालतको आदेशमा उल्लेख छ।

आदेशमा भनिएको छ, “उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम मिति २०८२।१०।६ गते अन्तरिम आदेश छलफलका लागि पेशी तोकी सोको सूचना निवेदक र विपक्षीहरूलाई दिई, सो अवधिसम्मका लागि निर्वाचनसम्बन्धी अन्य कुनै पनि कार्य नगर्नु नगराउनु।”

यसअघि एन्फाले निर्वाचन तालिका सार्वजनिक गरिसकेको थियो । अदालतको आदेशसँगै एन्फाको निर्वाचन प्रक्रिया हालका लागि स्थगित भएको छ।