१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्तोमा घुम्ती शिविर सञ्चालन गरिँदै



अ+ अ-

पोर्चुगल। पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासले पोर्तोमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा)सम्बन्धी दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

दूतावासले यही जनवरी २४ र २५ तारिखका दिन पोर्तोको भिला नोभा दि गइयास्थित नमस्ते पोर्तो रेष्टुराँको हलमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको हो ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका पोर्तो क्षेत्रका नेपालीलाई सोही क्षेत्रमै सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप शिविर सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । दूतावासले टोली खटाएर पोर्तो सहरमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद एक वर्षभन्दा कम भएकाहरुको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्ने दूतावासले जनाएको छ । रासस