१६ असार २०८३, मंगलवार
,
Latest
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ३३ करोड अनुदान, सुदूरपश्चिम र कर्णालीका ६० हजार घरधुरी… रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक



अ+ अ-

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती “बेलबहादुरको बिहे“ तेस्रो संस्करण आईतवार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत,शिवराम श्रेष्ठ,गजेन्द्र ङाखुसी रमण राउत लगायतले एजुकेश्नल पब्लिसिङ हाउसले आईतवार लोकार्पण गरेको हो ।

लोकार्पणसँगै काठमाडौको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको हो । नेवा: संस्कृति र संस्कार “इहि“ भित्र रहेको जीवन विज्ञान समेटिएको उक्त कृतिमा नेवा: समुदायका बालिकाहरूको इहि गर्दा प्रयोग हुने मुख्य फल बेललाई कथाको नायकको रूपमा प्रस्तुत गरिएको कथाकार जितेन्द्र रसिकले बताउनु भयो ।

नेवारी परम्परा अनुसार “इहि“ गरिने समय बालिकाले दुलाहाका प्रतीक बेलका बारे जनाएको कौतुहलता बाट सुरु हुने यो कथाको रोचक प्रस्तुतिले बालबालिकाहरूलाई भरपुर मनोरञ्जनका साथै दिने प्रकाशकले जनाएको छ । “इहि“ परम्परामा अमूर्त रूपमा रहेका जीवनविज्ञानको समेत कृतिले पाठकलाई ज्ञान दिलाउन सक्षम रहेको प्रकाशकको दावी छ ।

कथामा नेवारी परम्परा अनुसार कथाबाटै ‘इहि’ गर्ने विधि समेत संवादात्मक शैलीको प्रस्तुतिले कथा पढ्ने पाठकलाई चलचित्र हेरेजस्तै अनुभूति दिलाउने एजुकेश्नल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठको भनाई छ । नेवा: संस्कारमा आधारित कथा कृति “बेलबहादुरसँग बिहे“ को लोकप्रियतासँगै माग बढेकाले तेस्रो संस्करण प्रकाशन हुन सम्भव भएको एजुकेश्नल बुक हाउसका भजन राउतले बताउनु भयो ।

कथामा स्व.एक्कारामसिंको चित्र रहेको छ । उक्त कृतिको मूल्य २४५/– रुपैयाँ रहेको छ । साहित्यकार रसिकका ८ बालसाहित्यका कृति र अन्य विधाका १० कृति सहित १८ कृति प्रकाशित छन् । केही महिना भित्रै फरक प्रकाशन गृहबाट लेखक रसिकले बाल उपन्यास बजारमा ल्याउँदैछन् ।