२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमाः महासचिव पोखरेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने बताउनुभएको छ ।

बागमती प्रदेश सङ्गठन कमिटीले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताउनुभयो ।

उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरघरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो । “हामी धेरै गतिविधि गर्दैछौँ । मुख्य कुरा जनताको घरघरमा पुगेर संवाद गर्नु हो, तर त्यो हामीले अहिलेसम्म गर्न सकेका छैनौँ । त्यो हाम्रो कमजोरी हो”, उहाँले भन्नुभयो, “पहिले हामी हरेक व्यक्तिका घरघर पुगेर संवाद गथ्र्यौँ । उनीहरुलाई एमाले बनाउन मेहनत गथ्र्यौँ । तर पछिल्लो समय हामी उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ ।”

महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको बताउनुभयो । “चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने छ । त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान सुरु गरेको जानकारी दिनुभयो ।  रासस