२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकमा कुलमान जुक्तिः चुनावमा ‘बाँसुरी’ चुनावपछि ‘चिम’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धोका पाएका उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले समानुपातिक निर्वाचनका लागि उपाय खोजेका छन् । बाँसुरी चुनाव चिह्न भएको राष्ट्रिय परिवर्तन पार्टी (रापपा)सँग सहमति गरेर निर्वाचनमा जाने भएका कुलमानले चुनावपछि पार्टी एकता गर्दै ‘चिम’ नै जोगाउने सम्भावना भएको निकटस्थसँग बताएका छन् ।

एकता सम्झौतामा हस्ताक्षर गरेको १३ दिनमै एकता भंग गरी आफ्नै ढंगले अघि बढ्ने निश्चय गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकतर्फ आफ्ना उम्मेदवारहरूको व्यवस्थापन गरेसँगै आफ्नो पार्टीका तर्फबाट एकतामा पेस गरेका नामहरू फिर्ता लिन आयोगदेखि अदालत जाने भएको छ ।

नेपाललाई लोडसेडिङमुक्त बनाउन आफ्नो नेतृत्वले गरेको सफलतालाई ‘ब्रान्डिङ’ गर्दै राजनीतिमा हस्तक्षेप बढाउन खोजेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा गरेर पार्टी राजनीतिमा आउनेबित्तिकै घोषित एकतामा ‘ब्याक गियर’ लागेको थियो ।

प्र तिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको नामावली बुझाउने अघिल्लो साँझ ‘जेनजी भाइहरू’ले आफूलाई बलपूर्वक एकतामा ल्याएको बताउँदै आएका घिसिङले यस अवधिमा भएको उपेक्षा र अपमानका कारण सँगै जान नसकिने निष्कर्ष निकालेर अलग बाटोका विकल्पहरू खोजिरहेको बताएका छन् । समानुपातिकतर्फ उम्मेदवारी दर्ता नगराएका कारण आफ्नै चुनाव चिह्न (बलिरहेको चिम)मा मत माग्न नपाएका घिसिङले समानुपातिकतर्फ रापपासँग सहकार्य गर्ने भएका हुन् ।

उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ आफूहरू रापपाको चुनाव चिह्नमा मत माग्ने गरी आइतबार २४ जना समानुपातिक उम्मेदवारको नाम आयोगमा बुझाएको छ । बाँसुरी चिह्नमा मत माग्न पाउने गरी बन्दसूची बुझाइएको पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत २३ भदौको जेनजी आन्दोलनमा एउटा खुट्टा गुमाएका जेनजी घाइते योद्धा राजेश पोर्तेलको अध्यक्षतामा गठन भएको राष्ट्रिय परि वर्तन पार्टीसँग मिलेर नाम बुझाइएको हो ।

रापपाले समानुपातिक उम्मेदवारी सूचीमा राखेका आफ्ना केही उम्मेदवारको नाम फिर्ता लिएर उनेपातर्फका थप गरी अद्यावधिक सूची आयोगमा बुझाएको हो । समानुपातिकका लागि जेनजीहरूको राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर मत माग्ने र निर्वाचन लगत्तै पार्टी एकता गरेर जाने सहमति भएको उनेपाका एक नेताले बताए । गत १ मंसिरमा निर्वाचन आयोगमा दर्ता भएको रापपाले २८ मंसिरमा झापामा बृहत् कार्यक्रम आयोजना गरेर औपचारिक घोषणा गरेको थियो ।

जेनजी आन्दोलनका कारण आफ्नो खुट्टा गुमाएका पोर्तेलले राष्ट्रको सकारात्मक परिवर्तनका लागि लड्नेहरू वास्तविक जेनजी नेतृत्वको आफ्नो दलसँग एकता गरेर जानु आन्दोलनको म्यान्डेट भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले एकतर्फी एकता तोडेको भन्दै समानुपातिकमा बुझाएको उम्मेदवारी आफ्नै दलको हुनुपर्ने माग राखेर उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको जनाएको छ ।

रास्वपासँग एकता भएपछि उनेपाको तर्फबाट १४ जनालाई समानुपातिकतर्फको उम्मेदवारको सूचीमा राखिएको थियो । एकता भंग भएपछि २ जना उम्मेदवारले नाम फिर्ता लिएका थिए । ‘रास्वपामा एकता भएर बुझाएको उम्मेदवार हामीले नै पाउनुपर्ने माग राखेर मंगलबार हामी निर्वाचन आयोगमा जाँदैछौं,’ उनेपाका एक नेताले भने, ‘आयोगले मान्छ कि मान्दैन, हामी जाँदैछौं ।

आयोगले मानेन भने हामी अदालतमा मुद्दा पनि हाल्छौं ।’ उज्यालो नेपाल पार्टीले आफ्नो नामसँग मिल्दो चुनाव चिह्न ‘चिम’ जोगाउन मेहनत गर्ने भएको छ । नेपाललाई लोडसेडिङमुक्त बनाउन आफ्नो नेतृत्वले गरेको सफलतालाई ‘ब्रान्डिङ’ गर्दै राजनीतिमा हस्तक्षेप बढाउन खोजेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा गरेर पार्टी राजनीतिमा आउने बितिक्कै घोषित एकतामा ‘ब्याक गियर’ लागेको थियो ।

‘हामीले कुलमानको ब्राण्डिङ गर्ने सपना, लोभलाग्दो नाम र चुनाव चिह्न छोडेर जाँदा पनि अपमानित भएपछि अब ठिक बाटा लिन्छौं, बाँसुरी चिह्न भएको वास्तविक जेनजी राजेश पोर्तेलको पार्टी भेट्टायौं’ कुलमान निकट एक नेताले भने । पोर्तेल नेतृत्वको टिमसँग वार्ता भइरहेको र पार्टी एकता हुने करिब टुंगो लागेको पनि उनले बताए । यही रफ्तारमा जाने हो भने चुनाव पछि नाम र चिह्न नै जोगिन सक्ने सम्भावना रहेको उनले बताए । राजधानी दैनिक