२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेल्योः काँग्रेस नेता गच्छदार



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताउनुभएको छ ।

मंगलवार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू विशेष महाधिवेशनको विरोधी नभएपनि सबैको सहमतिमा विशेष महाधिवेशन आयोजना हुनुपर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले अहिले पार्टी क्रिटिकल अवस्थामा पुगेको भन्दै संवाद गरेर विभाजन रोकिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विशेष अधिवेशनको म विरोधी पनि होइन । पुसमा विशेष महधिवेशन हुनुपर्छ भनेर मैले मंसिर २६ गतेको बैठकमा मैले आफ्नो धारणा राखेको थिएँ । विशेष महाधिवेशन पार्टीलाई मिलाएर गर्दा राम्रने हुन्थ्यो । तर त्यस्तो भएन । यो विशेष महाधिवेशनले पार्टीलाई संकटमा पु¥याउनु हुदैन । विभाजनमा पु¥याउनु हुँदैन, रोकिनुपर्छ ।’

केन्द्रीय समिति बस्ने तयारी भइरहँदा विशेष महाधिवेशनले सोमवार पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम शुरु गरेको छ ।