२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै



अ+ अ-

हेफेई। जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ ।

यसले कम्पनीको कुल बिक्रीको करिब ३० प्रतिशत हिस्सा चीनले ओगटेको देखाउँछ ।गत वर्ष कम्पनीले दुई लाख ५७ हजार इन्धन चालित सवारीसाधन बेच्यो र नयाँ विद्युतीय तथा स्मार्ट सवारीसाधन पनि बजारमा ल्यायो ।

यसमा ‘अडी जीरो एल ६ ई–ट्रोन’ र ‘अडी ई ५’ स्पोर्टब्याक समावेश छन् ।भोल्सवागनले निर्यात पनि सुरु गरेको छ । पहिलो सवारीसाधन मध्यपूर्वमा पठाइएको थियो ।

कम्पनीले आगामी दिनमा एसियाली राष्ट्र, मध्यपूर्व, मध्य एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा निर्यात बढाउने योजना बनाएको छ ।

सन् २०२६ मा चीनमा २० भन्दा बढी पूर्ण विद्युतीय, प्लग–इन हाइब्रिड र रेंज–एक्सटेन्डेड मोडेलहरू ल्याइनेछन् । यी सवारीसाधन नयाँ ब्याट्री, विद्युतीकरण प्रविधि, स्मार्ट प्रणाली र चालक सहायता प्रविधि सहित उपलब्ध हुनेछन् । (रासस/सिन्ह्वा)