१६ असार २०८३, मंगलवार
,
Latest
लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी आरोपपत्र दायर



अ+ अ-

काठमाडौँ। अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा, वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा वितरण केन्द्रमा रहँदा रु १३ लाख ९३ हजार ६३० बराबरको सार्वजनिक समपत्ति हानिनोक्सानी गरेको देखिएको जनाउँदै तत्कालीन प्रमुख सिंह, केन्द्रका सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले र सेक्युरिटी गार्डहरू रामकुमार पुर्जा र हेम शर्मालाई प्रतिवादी बनाई आरोपपत्र दायर गरेको जनाइएको छ ।  रासस