२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाकु र पुष्टकारी बनाउन भ्याइनभ्याइः बजारमा मूल्य नपाएको गुनासो



अ+ अ-

काठमाडौँ । माघे संक्रान्ति नेपालीहरुको घरआँगनमा आएसँगै यतिबेला चाकु, पुष्टकारी खुवासहितका स्थानीय रैथाने मिठाइहरुको माग ह्वात्तै बढेको छ ।

माग बढेसँगै माघे संक्रान्तिलाई लक्षित गरेर अहिले चाकुसहित त्यस्ता मिठाइहरु बनाउन भ्याइ नभ्याइ छ । चाकु, पुष्टकारीसहितका मिठाइहरु अरु बेलामा पनि उत्पादन हुने गरेपनि खासगरी माघेसंक्रान्तिमा धेरै मागसँगै विक्री हुने गरेको छ ।

माग बढ्दा उद्योगी व्यवसायीहरुलाई चाकु, पुष्टकारी सहितका मिठाइहरु बनाउन भ्याइनभ्याइ छ । खासगरी काठमाडौंको टोखास्थित न्हुछे टोेखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठले टोखा क्षेत्रमा अहिले चाकुसहितका यस्ता मिठाइ बनाउन भ्याइ नभ्याइ रहेको बताउनु भयो । उत्पादन गरेका मिठाइहरु राजधानीसहित देश विदेशसम्मै विक्री हुने गरेको उद्योगी श्रेष्ठ बताउनु हुन्छ ।  टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठ चाकु पुष्टकारीहरुको माग अत्याधिक रहेको र धान्न कठिन भइरहेको बताउनु हुन्छ ।

टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठले भन्नुभयो–‘चाकु उत्पादन पोहोर सालभन्दा बढी उत्पादन गरिरहेका छौँ । प्रत्येक वर्ष उत्पादन बढिरहेको छ । ५० किलोको ७–८ सय बोरा उत्पादन गरियो । बाउ बाजेको पालादेखि चाकु उत्पादन गर्ने गरिएको थियो । खुबा चाकुलाई धेरै रुचाउने गरिएको छ । राम्रो सफा सख्खबाट बनाएकाले चाकुसहित पुस्टकारीहरु पनि रुचाउने गरेका छन् । उत्पादित चाकु विदेशतिर पनि जाने गरेको छ । चाकु किलोको १५० रुपैँया सम्ममा बेच्ने गरिएको छ । चाकुको व्यापार माघमा मात्रै नभइ अरु बेला पनि हुने गरेको छ । यद्यपी वर्षभरीमा माघलाई धेरै लक्षित गरेर चाकु उत्पादन गर्ने गरिएको छ । मागअनुसार उत्पादन गर्न गाह्रो परिरहेको छ । स्थानीय उत्पादन खुवा, चाकुलाई सरकारले खासै वास्ता गरेको छैन । मौलिक हिसाबले बनाइएको छ । चाकु पहिले हातले बनाउने गरेकोमा अहिले हात–मेसिन दुवैबाट बनाइने गरिएको छ ।’

मर्हजनका अनुसार चाकु बनाउँदै गर्दा बजारमा राम्रो मूल्य पाउन भने सकेको छैन । सख्खर पोहोर साल भन्दा बोरोमा ७÷८ सय बढेर आएको छ । यसले उद्योगहरुलाई फाइदा छैन । उखु खेती गर्ने किसानहरुलाई राम्रो फाइदा भएको उहाँ बताउनुहुन्छ ।