काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनमा शर्मा र पौडेलले महामन्त्री पदका लागि उम्मेदवार दिएका हुन् ।
यसअघि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका थिए ।












