२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित, सरकार–स्वीकृत बीमा सेवा सुरु गरेको घोषणा



अ+ अ-

काठमाडौं । हिमालयन गार्डियन नेपाल (HGN) ले विदेशी पर्यटकका लागि नेपालमै पहिलो पटक यन्त्र–आधारित, सरकार–स्वीकृत बीमा सेवा सुरु गरेको घोषणा गरेको छ। नेपाल बीमा प्राधिकरणको सहकार्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक स्वीकृतिसहित सुरु गरिएको यो प्रणालीले पर्यटन क्षेत्रमा लामो समयदेखि देखिँदै आएको बीमा तथा उद्धारसम्बन्धी अव्यवस्थाको स्थायी समाधान गर्ने विश्वास लिइएको छ।

नेपाल विश्वव्यापी रूपमा साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित रहँदै आएको भए पनि पछिल्ला वर्षहरूमा हेलिकप्टर उद्धार र बीमा दाबीमा देखिएका अनियमितताले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा नकारात्मक असर परेको थियो। विदेशी बीमा कम्पनीमार्फत सिधै दाबी र भुक्तानी हुने व्यवस्थाका कारण नेपाल सरकार तथा नियामक निकायसँग निगरानी र नियन्त्रणको अधिकार नहुँदा ठगीका गतिविधि रोक्न नसकिएको तथ्य पनि यस क्रममा उजागर भएको थियो।

यिनै समस्यालाई मध्यनजर गर्दै सुरु गरिएको नयाँ बीमा प्रणालीमा यन्त्र–आधारित ट्र्याकिङ, रियल–टाइम डेटा र GPS प्रमाणका आधारमा मात्र दाबी स्वीकृत हुने व्यवस्था गरिएको छ। यसले हेलिकप्टर उद्धारमा कृत्रिम बीलिङ, अनावश्यक उपचार तथा झूटा दाबीलाई स्वतः नियन्त्रण गर्ने बताइएको छ।

यस प्रणालीको बीमा अन्डरराइटर सरकारद्वारा स्वीकृत नेपाली कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ, जसले सेवालाई पूर्ण रूपमा कानुनी, पारदर्शी र उत्तरदायी बनाउने हिमालयन गार्डियन नेपालको दाबी छ।

हाल कम्पनीले विदेशी पर्यटकका लागि तीन प्रकारका बीमा प्याकेज उपलब्ध गराएको छ। ३,५०० मिटर उचाइसम्मका लागि टूर बीमा प्याकेज, ५,५०० मिटरसम्मका लागि ट्रेकिङ बीमा प्याकेज र ६,००० मिटरसम्मका लागि क्लाइम्बिङ बीमा प्याकेज सञ्चालनमा ल्याइएको छ, जसमा चिकित्सकीय उपचार, दुर्घटना बीमा, हेलिकप्टर उद्धार तथा उचाइ–आधारित निगरानी समावेश छन्।

हिमालयन गार्डियन नेपालले यो प्रणालीमार्फत पर्यटन क्षेत्रमा विश्वास पुनःस्थापित हुने, बीमा खर्च किफायती र पारदर्शी बन्ने तथा नेपालको पर्यटन उद्योग सुरक्षित, जिम्मेवार र नैतिक दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।




भर्खरै