२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनले गगन–विश्वप्रकाशको निष्कासन खारेज गर्यो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि गरेको पाँच वर्षको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी गरेको वक्तव्यमा कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको पुष्टि गरेका छन्।

शिवाकोटीले कार्यकर्ताहरूलाई कारबाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित नेतृत्व नै पार्टीको आधिकारिक नेतृत्व हुने दावी गरिएको छ।

सिवाकोटीकाले लेखेका छन् – नेपाली कांग्रेस केन्द्रीय समितिका नाममा अनधिकृत रुपमा भएको यो निर्णयले नेपाली कांग्रेसलाई एकताबद्ध बनाइ राख्न भएका हाम्रा सबै प्रयासलाई समेत बाधित तुल्याएको छ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तर्फबाट यो विशिष्ट परिस्थितिमा विशेष महाधिवेशनमा आउनुभएका सबै महाधिवेशन प्रतिनिधिहरू, पार्टीका शुभेच्छुक मतदाता र सबै प्रजातन्त्रप्रेमीहरूमा एकताबद्ध हुन तथा अतिवादी सोचबाट प्रेरित कारबाहीको प्रोपगण्डाबाट रतिभर पनि विचलित नहुन आग्रह गर्दछौं। र यो पनि स्पष्ट गर्न चाहन्छौं कि विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हो। र आधिकारिक रहनेछ। धन्यवाद जय नेपाल।