२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?- गगन थापा



अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भंग भइसकेको बताउनुभएको छ ।

बुधवार काठमाडौंस्थित विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरु नयाँ कार्य समिति चयन गर्ने क्रममा रहेको बताउनु भयो ।

उहाँले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताउनु भयो । उहाँले काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले आफूहरुलाई निष्कासन गरेको सुनेको भन्दै काँग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले समाचार सुनेँ । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकाल्यो । तपाईंहरुको प्राइभेट कम्पनी हो निकाल्नलाई ? नेपाली काँग्रेसको झण्डा बोकेर हिँड्दै गर्दा ९ कक्षामा थिएँ । २०६२÷०६३ को आन्दोलनमा लड्यौँ । २४८८ जना महाधिवेशन प्रतिनिधि जम्मा भएको स्थल हो यो । तपाईंहरु मात्रै निर्वाचन आयोग जानुहुन्छ ? त्यही निर्वाचन आयोगमा यही महाधिवेशन स्थलमा शुरु भएर त्यो विशेष महाधिवेशन समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । काँग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ । हाम्रो श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रिय कार्यसमिति भंग भइसक्यो । हामी अब नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौँ ।’

उहाँले वास्तविक नेपाली काँग्रेस आफूहरु भएको दाबी गर्नुभयो ।