२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय लिग फुटबल : चर्च ब्वाइज र भगवतीबीचको खेल बराबरीमा



अ+ अ-

काठमाडौँ। आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइज र श्री भगवती क्लबबीचको खेलमा १–१ गोल भएको हो ।

खेलमा सुरुआती अग्रता भने भगवतीले लियो । भगवतीका लागि हरिहर बूढामगरले गोल गरे । उनले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता लिए ।

त्यसपछि खेलको ६५औँ मिनेटमा यता चर्च ब्वइजका कप्तान एरिक विष्टले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन । यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।

सोही मैदानमा आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले काँक्रे विहार क्लबमाथि ३–१ गोलको जित निकाल्दै विजयी भयो । उक्त प्रतियोगितामा भोलि दुई खेल हुनेछ ।

पहिलो खेलमा सातदोबाटो युवा क्लबले सङ्कटा एफसीसँग खेल्नेछ । उक्त खेल बिहान ११ बजे हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा लालीगुराँस एशोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । रासस